सिटिजन्स बैंकले विरगंजमा आफ्नै भवनबाट सेवा सुरु


सिटिजन्स बैंकले हाल विरगंजमा रहेको कार्यालयलाई आफ्नै भवनमा स्थानान्तरण गरि बैंकिङ कारोबार संचालन गरेको छ।

यस बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका थिए।

यस बैंकले ६८ वटा शाखा, ६५ वटा एटिएम र ९९ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट सेवाप्रदान गर्दै आएको जनाएको छ।

बैंकले निकट भविष्यमा नै थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा पोखरेलले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.