शेयर बजारमा पहिरो, कारोबार रकम बढ्यो


सोमबार शेयर बजारको परिसुचक नेप्से ५१.८९ अंकले घट्दा बजार ४.२५ प्रतिशतले झरेको छ। यस दिन परिसुचक घटेपनि कारोबार रकम भने बढेको छ।

बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो।

दिनभरी घटेको नेप्से परिसुचक न्युनतम १६६.१२ अंकमा पुगेको थियो। यस दिन सबै उपसुचकहरु घटेका छन्।

आज १५७ कम्पनीको ४७ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भयो। आज ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.७६ बिन्दुले आरोलो लागेर २४९.६५ बिन्दुमा पुगेको छ।

बैंकिङ ४१, होटल १, बिकास बैंक ५१, जलविद्युत ६९, फाइनान्स ४, वीमा ३८३, उत्पादन ६०, अन्य २१ र माइक्रोफाइनान्स उपसुचक ७५ अंकले घटेका छन्।

यस दिन नेपाल लाइफ इन्सुरेन्सको सबै भन्दा बढि रकमको कारोबार भयो। यसको ५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भयो।

यस दिन २ वटा कम्पनीले मात्र नाफा कमाए। ९ प्रतिशत कमाउनेमा दिन प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ता रहे भने स्वदेशी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले १ प्रतिशत कमाएर नाफा कमाउनेमा अग्रस्थानमा रहे।

त्यस्तै एनएलजी इन्सुरेन्स कम्पनीका लगानीकर्ताले सबै भन्दा धेरै १० प्रतिशत गुमाए। ९ प्रतिशत गुमाएका राष्ट्रिय वीमा कम्पनीका लगानीकर्ता गुमाउनेमा अग्र स्थानमा रहे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.