कुवेतबाट पनि सिटी एक्सप्रेस मार्फत पैसाको कारोबार हुने


सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब अल अन्सारी एक्स्चेन्ज कुवेत बाट पनि सुरु भएको छ।

उक्त सेवा अल अन्सारी एक्स्चेन्ज कुवेतको क्यास एक्सप्रेस वल्डवाइड मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै रकम पठाउन सकिने जनाइएको छ।

अल अन्सारी एक्स्चेन्जको ९ वटा रेमिटान्स सेन्टरहरुबाट नेपालमा सिधै नगद पठाउन सकिने छ। त्यसरी पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरको ५५०० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सकिने सिटी एक्सप्रेसले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.