नेप्से दोहोरो अंकले घट्यो


बिहिबार शेयर बजार परिसुचक नेप्से १०.६३ अंकले घटेको छ।

यस दिन नेप्से सुचकाङ्क १२२०.४४ अंकमा कायम हुँदा ग्राहकले १२ अर्ब गुमाएका छन्। यस दिन सबै उपसुचकहरु घटेका छन्।

बैंकिङ ३, होटल ५९, बिकास बैंक १०, जलबिद्युत २५, फाइनान्स ०.८, वीमा १२०, उत्पादन ३३, अन्य ५ र माइक्रोफाइनान्स उपसुचक १९ अंकले घटेका छन्।

यस दिन नेपाल लाइफ इन्स्योरेन्स कारोबारका आधारमा अग्रस्थानमा देखियो। यसको ४ करोड ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो।

धेरै कमाउनेमा नागबेली लघुवित्त बिकास बैंकका लगानीकर्ता अग्र स्थानमा रहे। जसका लगानीकर्ताले सबै भन्दा धेरै ८ प्रतिशत कमाए।

त्यस्तै धेरै कमाउनेमा ६ प्रतिशत कमाएका एभरेष्ट इन्सुरेन्स कम्पनीका लगानीकर्ता अग्र स्थानमा रहे।

यस दिन प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ता र नेपाल ग्रामिण बिकास बैंकका लगानीकर्ताले समान ५ प्रतिशत गुमाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.