एनआइसी एशिया र एम एण्ड एमबीच रेमिट्यान्स सम्झौता


एनआइसी एशिया बैंक  र एम एण्ड एम रेमिट, मौरीटसबीच कतार, युएई, साउदी अरब र मौरिससबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ।

उक्त सम्झौता अनुसार एम एण्ड एम रेमिट मार्फत विभिन्न देशहरुबाट पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४ हजार ६सय भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.