नेप्से ९ अंकले घट्यो


आइतबार शेयर बजारको परिसुचक नेप्से ९ अंकले घटेको छ।

यस दिन १५२ कम्पनीको ३० करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भयो। यस दिन सबै उपसुचकहरु घटेका छन्।

बैंकिङ ६, होटल ७०, बिकास बैंक ११, जलविद्युत ७०, फाइनान्स २, बिमा ५२, उत्पादन २६, अन्य १, माइक्रोफाइनान्स उपसुचक १० अंकले घटेका छन्।

यस दिन नेपाल लाइफ इन्सुरेन्सको सबै भन्दा धेरै रकमको कारोबार भयो। यसको २ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भयो।

त्यस्तै धेरै रकमको कारोबार हुने कम्पनीमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक अग्रस्थानमा रह्यो। यसको २ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

यस दिन छाङ्दि हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशत कमाए। त्यस्तै धेरै कमाउनेमा स्वदेशि लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता रहे। जसका लगानीकर्ताले ३ प्रतिशत कमाए।

त्यस्तै अपि पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशत गुमाएर गुमाउनेमा अग्र स्थानमा रहे। त्यस्तै कालिका माइक्रोक्रेडिट बिकास बैंकका लगानीकर्ताले ५ प्रतिशत गुमाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.