पञ्चकन्या माई हाइड्रोको माघ ५ देखि स्थानीयलाई सेयर


पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयका लागि माघ ५ गतेदेखि साधारण सेयर निश्कासन गर्ने भएको छ। इलामका स्थानीयलाई कम्पनीले ११ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो। माघ १९ गतेसम्म स्थानीयले आवेदन दिन सक्नेछन्।

सनराइज बैंक र प्रभु बैंकका इलाम शाखा, सन्दकपुर गाउँपालिकाको कार्यालय तथा पञ्चकन्या माईको साइट कार्यालयबाट आवेदन गर्न सक्ने छन्। बिक्री प्रवन्धकका रुपमा सनराइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग छन्।

बाँडफाँड हुने ११ लाख कित्ता सेयरमा इलाम सन्दकपुर गाउँपालिका बासीलाई ६० प्रतिशत र इलाम नगरपालिकाका स्थानीयलाई ४० प्रतिशत सेयर छुट्याइएको छ ।

न्यूनतम २० कित्तादेखि अधिकतम साढे ५ हजार कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था गरिएको छ।

कम्पनीले अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ भने अर्को ६ दशमलव १ मेगावाटको कास्केड आयोजना निर्माणको अन्तिम चरणमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.