बैंक अफ काठमाण्डुको शाखा निजगढमा


बैंक अफ काठमाण्डुले आफ्नो शाखा निजगढमा संचालनमा ल्याएको छ। सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले निजगढमा शाखा कार्यालय संचालनमा ल्याइएको बैंकले जनाएको छ।

सो शाखा कार्यालयको बैंकका संचालकसौरभ के.सी, निजगढका मेयर सुरेश खनाल तथा निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष रवि कुमार बर्ताैलाले संयुक्त रुपमा उदघाटन गरे। हाल बैंकका ७५ शाखा पुगेका छन्।

आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ६९.१५ अर्ब परिचालन गरी कुल कर्जा ६२.३३ अर्व प्रवाह गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.