तनहुँ र गोरखामा थपिए एनआईसी एसिया बैंकका दुई शाखा


एनआईसी एसिया बैंकले तनहुँ र गोरखा जिल्लामा थप २ नयाँ शाखाहरु संचालनमा ल्याएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका र गोरखा नगरपालिका हरमटारीमा शाखा संचालनमा ल्याइएको बैंकले जनाएको छ।

गोरखा शाखाको जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी तथा तनहुँ शाखाको आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाले उदघाटन गरे।

यी २ शाखा कार्यालयहरुको समुद्घाटनसँगै बैंकका अधिराज्यभर १५६ शाखा कार्यालयहरु संचालनमा आएका छन्। १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकलाई बैंकले सेवा प्रदान गर्दै आएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.