बैंक अफ काठमाण्डुको शाखा भैरहवामा


बैंक अफ काठमाण्डूले सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले भैरहवामा आफ्नो शाखा कार्यालय संचालनमा ल्याएको छ।

सो शाखा कार्यालयको बैंकका संचालक केदारनाथ गौतम र सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष रामकुमार शर्माबाट संयुक्त उद्घाटन गरे। यस शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ६९.१५ अर्ब परिचालन गरी कुल कर्जा ६२.३३ अर्व प्रवाह गरेको छ। हाल बैंकले ७५ शाखा, ६७ एटिएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.