गैरआवसीय नेपालीले धितोपत्र बजारमा १० अर्ब लगानी गर्ने


गैरआवासीय नेपालीले धितोपत्र बजारमा १० अर्ब लगानी गर्ने प्रस्ताव गरेको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसहितका पदाधिकारीसँग शुक्रबार भएको छलफलमा सो प्रस्ताव गर्दै वातावरण मिलाउन आग्रह गरेको हो।

गैरआवासीय संघका अध्यक्ष भवन भट्टसहितको पदाधिकारी टोलीले तत्कालका लागि संस्थागत रुपमा सो रकम लगानी गर्ने जनाएको हो।

सो क्रममा भट्टले विदेशमा ठूलो संूूख्यामा छरिएर रहेका एनआरएन पुँजी बजारमा संस्थागत रुपमा लगानी गर्न इच्छुक रहेको जानकारी दिए।

बोर्डका अध्यक्ष डा. कार्कीले एनआरएनको प्रस्तावमा सहयोग गर्ने प्रतिबद्धता जनाए। एनआरएनको लगानी भित्र्याउनका लागि बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ संलग्न समिति गठन भइसकेको र समितिले लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा तयार गरिरहेको जानकारी दिए।

बजारमा पूर्ण स्वचालित कारोवार, सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण, विदेशी वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्नेगरी कानुनी व्यवस्था गरिएको स्मरण गराएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.