सिद्धार्थ बैंकको शाखा बनेपामा


सिद्धार्थ बैंकले बनेपा बजारमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ। शाखामार्फत सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने बताइएको छ।

हालै सञ्चालनमा आएकोसहित बैंकका शाखा संख्या ८१ पुगेको छ। ३ एक्स्टेन्सन काउन्टर, १०४ एटिएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पिओएस मेसिनमार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ।

आर्थिक वर्ष २०७४÷०७५ को मंसिर मसान्तसम्म बैंकले कुल निक्षेप ८२ अर्ब १५ करोड र कर्जा लगानी ७३ अर्ब ८० करोड गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.