आइएमई छक्का–पञ्जा’ अफरको अन्तिम नतिजा सार्वजनिक


दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन्। मलेसियाबाट नेपालमा पैसा पठाएका रोकाया सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की ड्र’ बाट विजेता घोषित भएका आइएमइले जानकारी दिएको छ। उनले दश लाख रुपैयाँ पाउने छन्।

त्यस्तै अन्तिम तथा छैठौं १५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरेका छन्। सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाएका थापा विजेता हुँदै छ लाख रुपैयाँ हात पार्न सफल भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.