मेगा बैंककाे निमित्त सिइओमा अनुपमा


मेगा बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा अनुपमा खुँजेली नियुक्त भएकी छन्। अनिल शाहले बैंकको सिइओबाट राजिनामा दिएपछि खुँजेलीलाई नेतृत्व गर्न संचालक समितिले नियुक्त गरेको हो।

निजी क्षेत्रका कुनै पनि वाणिज्य बैंकमा नेतृत्व तहमा पुग्ने खुँजेली पहिलो महिला हुन्।

यसअघिका सिइओ शाह मेगा बैंक छोडेर सेन्चुरी बैंकमा गइसकेका छन्। पुस २ गतेबाट लागू हुनेगरी शाहले दिएको राजिनामा संचालक समितिले यसअघि नै स्वीकृत गरिसकेको थियो।

तत्कालिन नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करियर सुरु गरेकी खुँजेली नबिल बैंक हुँदै मेगामा पुगेकी थिइन्। यसअघि उनी मेगाको नायब कार्यकारी निर्देशकमा कार्यरत थिइन्।

हालको लागि निमित्त सिइओको जिम्मेवारी पाएकी उनी सिइओ नै नियुक्त हुनेसक्ने कतिपयको विश्वस छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.