मारुती सुजुकी प्यासेन्जर भेइकलमा भारतकै सर्वाधिक निर्यात कर्ता बनेको छ। चालु आर्थिक वर्ष २०१७ - १८ को अप्रिलदेखि सेप्टेम्बरसम्म मारुती सुजुकी भारतले ५७ हजार ३ सय युनिट प्यासेन्जर भेइकल निर्यात गरेको हो।
सोसाइटी अफ इंडियन अटोमोबाइल म्यानुफ्याक्चरर्सको डाटा अनुसार मारुती सुजुकीको एक्सपोर्ट यूनिटमा गत वर्षको तुलनामा ६ प्रतिशत बृद्धी भएको हो। त्यस्तै प्यासेन्जर भेइकल निर्यात गर्ने लिस्टमा दोस्रोमा फक्सवागन, तेस्रोमा जनरल मोटर्स र चौथोमा हुण्डाई रहेका छन्।
लामो समय देखी पहिलो स्थानमा रहेको हुण्डाई इंडिया लिमिटेड यो पटक चौथो नम्बरमा झरेको छ। हुण्डाई मोर्टसको प्यासेन्जर भइकल नियार्तमा अघिल्लो वर्षको तुलनामा २९.२५ प्रतिशत गिरावट आएको छ।
कम्पनीले अघिल्लो वर्ष ६३ हजार १४ युनिट निर्यात गरेको थियो भने यो वर्ष ४४ हजार ५ सय ८५ मा समेटिएको छ। भारतबाट प्यासेन्जर भइकल निर्यात गर्ने बिषयमा फक्सवागन र जनरल मोटर्सले हुण्डाइलाई समेत पछि पारेका छन्।
आर्थिक वर्षको मध्यमा फक्सवागन इंडियाले १६.९२ प्रतिशत निर्यात बढाएको छ। कम्पनीले यो समयमा ५० हजार ४ सय १० युनिट निर्यात गरेर भारतको दोस्रो ठुलो निर्यात कर्ता बन्न सफल भएको छ।
त्यस्तै जनरल मोटर्सले प्यासेन्जर भइकल निर्यातमा ४७.७२ प्रतिशतले बृद्धी गरेको छ। कम्पनीले अघिल्लो वर्ष ३० हजार ६ सय १३ युनिट निर्यात गरेकोमा यो वर्ष ४५ हजार २ सय २२ युनिट निर्यात गर्न सफल भएको छ।