सुजकीद्वारा अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स उत्कृष्ट वितरक घोषित


सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन अरुण ईन्टरकन्टिनेन्टल ट्रेडर्सलाई उत्कृष्ट वितरकको उपाधी दिइएको छ।

दिल्लीमा आयोजित एनुअल सुजुकी डिस्ट्रिब्यूटर्स सम्मेलनमा अफ्रिका, मिडल ईष्ट एण्ड साउथ एसियाका डिस्ट्रिब्युटरको सहभागिता रहेको थियो।  गत आर्थिक बर्षमा उत्कृष्ट कार्य प्रदर्शनीका लागि अरुण इन्छटरकन्टिनेन्टललाई सो सम्मान प्रदान गरिएको हो।

विक्रि, सेवा तथा पार्ट्स पर्फरमेन्सका लागि अरुण ईन्टरकन्टिनेन्टलले ८ भिन्न विद्यामा उपाधी हात पारेको छ। कम्पनीले ‘एक्सिलेन्ट डिस्ट्रिब्यूटर अवार्ड’, ‘हाइएस्ट सेल्स ईन २०१६’, ‘हाइएस्ट रिपेयर अर्डर ग्रोथ २०१६’, ‘हाइएस्ट पार्ट सेल्स पर यूआईओ ईन २०१६’, ‘हाइएस्ट सेल्स ग्रोथ ईन २०१६’, ‘हाइएस्ट एक्सेसरिज सेल्स पर भेहिकल ईन २०१६’, ‘हाइयस्ट सर्भिस मार्केट सेयर ईन २०१६’ र ‘च्याम्पियन्स अफ च्याम्पियन्स एवार्ड’ हात पारेको हो।

उपाधी पाउँदा निकै गौरवको महशुस भएको सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.