बजाजका बाइक किन्ने हो ? यस्तो छ मूल्य


नेपालमा बजाजका बाइकहरू निकै चर्चित छन्। युवादेखि पाको उमेर समूहका लागि बजाजले धेरै मोडलका बाइक बजारमा ल्याएको छ।

विशेषतः नेपालमा बजाज पल्सर, एभेन्जर लगायतका मोडेल लोकप्रिय मानिन्छ। लोकप्रियता घट्न नदिन बजाजले विभिन्न मोडल भित्र्याइरहेको छ। नेपाली बजारमा बजाज सर्वाधिक बिक्रि हुने र यसले ४५ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीका मार्केटिङ हेड पुनम सिंहले जानकारी दिइन्।

बजाजले महंगोदेखि सस्तोसम्म, विभिन्न मोडलको उच्च गुणस्तरीय मोटरसाइकल भित्र्याउने हुँदा नेपालमा यसको लोकप्रियता बढेको कम्पनीको दाबी छ। अहिले बजाजले दसैं–तिहारको लागि ‘६ निसान’ योजना समेत ल्याएको छ।

यो योजना अवधिभर, ग्राहकले बजाजमोटर बाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्नेछन्। कुपनको आधारमा ग्राहकले ६ हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म जित्न सक्ने कम्पनीको दावी छ।

यस्तो छ बजाजको विभिन्न मोडलका मूल्य

मोडल भर्सन मूल्य
डोमिनर ४०० ४ लाख ६९ हजार ९ सय
पल्सर २०० आरएस ३ लाख ९९ हजार ९ सय
पल्सर २०० एएस २ लाख ८६ हजार ९ सय
पल्सर २०० एनएस २ लाख ९२ हजार ९ सय
पल्सर २२० एफ २ लाख ८९ हजार ९ सय
पल्सर १५० एएस २ लाख ५१ हजार ९ सय
पल्सर १८० २ लाख ५१ हजार ९ सय
पल्सर एन.एस–१६० २ लाख ५९ हजार ९ सय
पल्सर १५० २ लाख ३९ हजार ९ सय
भि१५ १५० २ लाख ११ हजार ९ सय
एभेन्जर २२० क्रुज ३ लाख ४ हजार ९ सय
एभेन्जर २२० स्ट्रिट २ लाख ९२ हजार ९ सय
एभेन्जर १५० स्ट्रिट २ लाख ५८ हजार ९ सय
डिस्कभर १२५ डिस्क १ लाख ८४ हजार ९ सय
डिस्कभर १२५ ड्रम १ लाख  ७६ हजार ९ सय
डिस्कभर डिस्क १२५ एफ १ लाख ९९ हजार ९ सय
डिस्कभर डिस्क १५० एस २ लाख १ हजार ९ सय
प्लाटिना इएस १०० सिसि १ लाख ५३ हजार ९ सय

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.