स्मार्टकार्ड छपाईका लागि ४ कम्पनीले हाले टेन्डर


यातायात ब्यवस्था बिभागले स्मार्टकार्ड छपाईको लागि अह्वान गरेको विश्वव्यापी बोलपत्रमा ४ बटा कम्पनीले आवेदन दिएका छन्।

७ लाख ५० हजार स्मार्टकार्ड छाप्नको लागि गत जेठमा गरिएको ग्लोबल टेन्डरमा मद्रास सक्युरिटी प्रिन्टर, ओभर थर्ड टेक्नोलोजी, पीडब्लू र सिल्पसाल्स कम्पनीले आवेदन दिएको बिभागले जनाएको छ।

सार्वजनिक खरिद ऐनमा तोकिए अनुसार प्राविधिक आधारबाट स्किृत भएका कम्पनी मध्यबाट सबैभन्दा कम मूल्य अवेदन दिएको कम्पनीले छपाईको जिम्मा पाउने विभागका महानिर्देशक रुपनारायण भट्राईले जानकारी दिए।

बिभागले हालसम्म ४ लाख ५४ हजार स्मार्टकार्ड छापिसकेको छ भने १ लाख छापिने क्रममा रहेको महानिर्देशक भट्राईले जानकारी दिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.