ग्राहकको मन जित्दै हुण्डाई ‘एक्सेन्ट’, यस्तो छ मूल्य र विशेषता


भर्खरै सम्पन्न १२ औँ नाडा शोमा नेपालका लागि हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले हुण्डाई एक्ससेन्ट कम्प्याक्ट सेडान कार सार्वजनिक गर्यो।

एक्ससेन्ट सार्वजनिक हुने बित्तिकै राम्रो चर्चा समेत बटुल्न सफल भयो। एक त हुण्डाई आफैमा चर्चित ब्राण्ड, अर्को सस्तो मूल्यमा प्रिमियम गाडीको अनुभुति यसमा गर्न सकिन्छ। सानो परिवारको लागि उपयुक्त मानिएको यो कारको भित्री भाग भने ठूलो छ।

दुई भेरिएण्टमा उप्लब्ध यो कारको मूल्य यसको सेवा, सुविधा र फिचर्सको तुलनामा ज्यादै न्युन रहेको कम्पनीले जनाएको छ।

कम्पनीले एक्ससेन्ट (एस)को मूल्य ३० लाख ९६ हजार र एक्ससेन्ट (एसएक्स) को ३३ लाख ५६ हजार निर्धारण गरेको छ। ४३ लिटर इन्धन क्षमताको यो कार रेड, सिल्भर, ह्वाइट र ग्रे गरी ४ वटा अकर्षक रङ्गमा उपलब्ध छन्।

यो कार खरिद गर्ने ग्राहकहरुबाट अहिले सम्म कुनै पनि नकारात्मक प्रतिकृया नआएको लक्ष्मी इन्टरकन्टीनेन्टलका कर्पोरेट सेल्स म्यानेजर अनिश लामिछानेले दाबी गरे। ‘बिषेशत ग्राहकहरु यो कारको मूल्य, लुक्स, बुटस्पेस, फिचर्स, र सिट प्रति निकै उत्साहित हुनुहुन्छ’ उनले भने।

‘हाम्रो लागि ग्राहकको सन्तुष्टि नै ठूलो कुरो हो, यो कारले हुण्डाइको छवि झनै माथि उठाउनेमा हामी विश्वस्त छौँ’ उनले थपे। यो सेगमेन्टमा एक्ससेन्टको जस्तो बिल्ट क्वालीटी र फिचर्स अन्य कुनै गाडीमा नभएको लामिछानेले दाबी गरे।

सेफ्टीको लागि यसमा इमोबिलाइजर, सेन्ट्रल लकिङ, फ्रन्ट फग ल्याम्प, रेयर डिफगर, पार्किङ सेन्सर, कि लेस इन्ट्रि, एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम लगायत समावेश छन्। टच स्क्रिन अडियो सिस्टम, एप्पल कार प्ले, एन्ड्रोइड अटो र मिरर लिङ्कजस्ता अत्याधुनिक फिचर्स समावेश छन्।

यो कम्प्याक्ट सेडानमा समावेश ५ वटै सिट अन्तर्राष्ट्रिय स्तरको रहेको कम्पनीले जनाएको छ। त्यसैगरी यो कारमा पछाडि बस्नेलाई समेत सहज होस भन्ने उद्देश्यले रियर एसी पनि जडान गरिएको छ।

यस एक्ससेन्ट कम्प्याक्ट सेडानमा ४ सय ७ लिटर बुट स्पेस रहेकोले टाढा यात्रामा निस्कँदा समस्या पर्दैन। यो बाहेक यसमा अन्य कारहरुमा हुने सामान्य फिचर्सहरु पनि  छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.