टोयटाका दुई गाडी बजारमा


टोयटाका दुई गाडी  बजारमा आएका छन्। कम्पनीको आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले नयाँ इटिओस प्लाटिनम र इटिओस लिभालाई बजारमा ल्याएको हो।

यसअघिको चरणमा ल्याइएका इटिओस २८० युनिट बिक्री भएको र लिभा २७० वटा बिक्री भएको युनाइटेड ट्रेडर्स सिन्डिकेटका मार्केटिङ प्रमुख विवेकबहादुर बलामीले जानकारी दिए।


साथै कम्पनीले नयाँ अफर समेत सार्वजनिक गरेको छ। दुई लाखसम्मको नगद छुटसहित स्पट एक्स्चेन्ज र एक्स्चेन्जमा ५० हजारसम्म छुटको व्यवस्था गरिएको युनाइटेडले जनाएको छ। २० हजार किलोमिटर वा दुई वर्षको वारेन्टी यी गाडीमा दिइएको छ।

इटिओस् प्लाटिनमको ग्राउण्ड क्लियरेन्स १७० मिटर र माइलेज २०.३२ केएमपिएल रहेको छ। इटियस लिभाले २३.५९ केएमपिएल माइलेज दिने र ग्राउण्ड क्लियरेन्स १७० मिटर रहेको कम्पनीले जनाएको छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.