भृकुटीमण्डपमा बिहीबारबाट ‘यामाहा महामेला’ सुरु हुँदै


यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लयु इन्टरप्राइजेजले बिहीबारबाट चार दिने ‘यामाहा महामेला’को आयोजना गर्ने भएको छ।

भृकुटीमण्डपमा भदौ २५ गतेसम्म हुने यो योजनामा पुराना बाइकलाई ‘बेस्ट भ्यालुएसन’ दिई एक्सचेन्ज गरिने कम्पनीले जनाएको छ। नयाँ बाइकमा स्पट फाइनान्सिङ, निशुल्क सर्भिसिङ र स्पेयर्स पार्टस तथा इन्जिन ओइलमा विशेष छुट दिइने बताइएको छ।

‘यामाहा महामेला’मा ग्राहकले आफ्ना पुराना बाइक र स्कुटरको सर्वोत्कृष्ट मूल्यांकन पाउने कम्पनीको दाबी छ। यसका लागि मेलामा नेपालकै प्रतिष्ठित २० वटा रिकन्डिसन हाउसको सहभागिता हुने बताइएको छ। यसका साथै पुराना दुईपांग्रेसँग नयाँ साट्न चाहनेहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमै स्पट फाइनान्सिङको व्यवस्था यामाहाले गरेको छ।

मेलाका सहभागीले जुनसुकै ब्रान्डको मोटरसाइकल वा स्कुटर भएपनि १० प्वाइन्ट फ्रि चेकअपको सुविधा तथा स्पेयर्स पार्टस र यामाल्युबमा १० प्रतिशत छुट पाउने बताइएको छ। मेलामा यामाहा बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले दसैँ योजनाको सात हजार नगद छुट पाउनुका साथै एउटा ब्रान्डेड हेलमेट र विशेष किट प्राप्त गर्ने कम्पनीले जनाएको छ।

मेलामा प्रसिद्ध बाइकर्सहरुको स्टन्ट सो, सेलिब्रिटी वाक–इन, बी–बोइङ, डान्स, फ्रि लाइसेन्स ट्रायल, ट्स्ट राइड, ड्रइङ कम्पिटिसन र फुड स्टल पनि हुनेछन्।

परिवारसहित महामेलामा सहभागी हुनेलाई आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ। यामाहा बाइक वा स्कुटरको टेस्ट राइड गर्नेले ब्रान्ड न्यु म्याकबुक जित्ने अवसर पाउने बताइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.