महिन्द्राको मोटरसाइकल तथा स्कुटर खरिदमा रानीहारदेखि थाइल्याण्ड भ्रमणसम्मका उपहार


महिन्द्रा टु ह्वीलर विक्री गर्दै आएको अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटो इन्कले चाडपर्वको अवसरमा रानीहारदेखि थाइल्याण्ड भ्रमणसम्मका उपहार योजना ल्याएको छ।

‘महिन्द्रा सुनै सुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा’ नामको यस योजनामा मोटरसाइकल वा स्कुटर खरिद गर्दा एउटा कुपन पाइन्छ। जुन कुपन स्क्र्याच गरेपछि ग्राहकले निश्चित उपहारको रुपमा एक तोलासम्म सुनको सिक्का पाउने कम्पनीले जनाएको छ।

न्यूनतम २.५ ग्राम देखि १ तोलासम्मको सुनको सिक्का पक्का पाइने कम्पनीको दावी छ। हरेक १५ दिनमा एक जनाले रानीहार उपहार पाउने र बम्परमा ४ जनाको दुई परिवारलाई ४ दिन ५ रातको थाइल्याण्ड भ्रमणको अवसर पनि अग्नी मोटो इन्कले जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.