हुन्डाईले ल्यायो फेस्टिभल डिलाइट अफर


लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई फेस्टिभल डिलाइट योजना ल्याएको छ।

दसैँ र तिहार लक्षित यस योजनामा ग्राहकले नगद ५ लाख सम्मको छुट र १ वर्षे निःशुल्क बीमा सुविधा पाउने कम्पनीले जनाएको छ।

स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट साथै लक्की–ड्र मार्फत १०० जनालाई १०–१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर उपहार अन्तर्गत एक थान हुन्डाई इलाईट आई २० तथा एक थान हुन्डाई एक्ससेन्ट पाउने कम्पनीले जनाएको छ।

यस अवसरमा हुन्डाईका कारहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर र स्वामित्व हस्तान्तरण हुने बताइएको छ। यो योजना भादौ ८ गते देखि कार्तिक २६ गतेसम्म लागु हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.