टिभिएस टु ह्विलरको आधिकारिक डिलरमा जी मोटर्स नियुक्त


जगदम्बा मोटर्सको टिभिएस टु ह्विलरको लागि जी मोटर्स आधिकारिक डिलरको रुपमा नियुक्त भएको छ।

जी मोटर्सले रविभवनमा शोरुम संचालन गर्ने तयारी गरेको संचालक कैलाश बाबु गेलालले जानकारी दिए। यो शोरुमबाट टिभिएसका सम्पुर्ण मोटरसाईकल तथा स्कुटरको बिक्री वितरण गरिने र पछि सर्भिस तथा स्पेयर पार्टसको कार्य समेत हुने गेलालले जानकारी दिए।

गेलालको सिप्रदी टे«डिङमा करिव ९ बर्षको अनुभव छ। २००९ बाट जुनियर सेल्स अफिसर भई काम थालेका उनले २०१२ मा नानो कारको सेल्स इन्चार्जको रुपमा समेत काम गरे। विगत ४ वर्षदेखि कार सेग्मेन्टको प्रोडक्ट म्यानेजर हैसियतका रुपमा उनी कार्यरत छन्।

यो समयमा आफ्नो कामले अरु कम्पनीमा समेत प्रभाव पार्न उनी सफल भएका छन्। अन्य टु ह्विलर तथा फोर ह्विलर कम्पनीले पनि आफूसँग जोडिने मौका दिएता पनि टिभिएसको गुणस्तर, सेवा, सस्तो मर्मत, नेपालको बाटो सुहाउँदो, माइलेज दिने, आदि कारणले यसमा आबद्ध भएको उनले बताए।

टिभिएस ग्रोइङ मोडल भएको कारणले आफूले यो प्रोडक्टलाई छुट्टै उचाइमा लान सक्ने उनको दाबी छ। ‘कुनै कम्पनीमा जागिरेको हैसियतमा समेत राम्रो छाप पार्न सकेँ भने आफ्नो संस्थाको लागि त झनै धेरै गर्न सक्छु भन्ने जोस भएरै यो शो–रुम संचालन गर्न लागेको हुँ’ उनले भने।

गेलाल थप्छन् ‘मैले नेपालको अटोमोबाइल क्षेत्रको बारेमा सुक्ष्म अध्ययन गरेको छु, बजार बिस्तार, ग्राहकको सन्तुष्टी आदीको बारेमा मलाई ९ वर्षको अनुभव छ, त्यसकारण मैले जगदम्बा मोटर्सलाई पनि एउटा छुट्टै दिशामा लैजान्छु भन्नेमा विश्वस्त छु’।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.