टिभिएस दुईपांग्रेको नेपालको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले टिभिएस ‘स्ट्राईकर १२५’ मोटरसाइकल बजारमा ल्याएको छ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच अभिनेता तथा टिभिएस स्ट्राईकरका ब्राण्ड एम्बेसडर निखिल उप्रेतीले यो मोटरसाइकल सार्वजनिक गरे।
टिभिएस ग्राहकले निकै रुचाइरहेका र ‘स्ट्राईकर १२५’ नेपाल लक्षित निर्माण भएको जगदम्बा मोर्टसका उपाध्यक्ष दिपक अग्रवालले जानकारी दिए। ‘नयाँ टिभिएस स्ट्राईकर बंगलादेशमा परीक्षणपछि नेपाल ल्याएका हौं, यो भारतमा पनि लन्च भएको छैन’ उनले भने।
१२५ सिसि इन्जिन क्षमताको यो मोटरसाइकलको मूल्य १ लाख ७४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।
यो मूल्यमा यति धेरै फिचर्स भएको मोटरसाइकल अरु कुनै नभएको कम्पनीका बजार निर्देशक साहिल अग्रवालले दाबी गरे।
यस्ता छन् विशेषताःटिभिएस स्ट्राईकर मोटरसाइकल तीन रङः क्रिमसन ह्वाइट, भोल्क्यानो रेड र मेटालिक ब्लु (सेतो, रातो र निलो) मा उपलब्ध छ।
यसले अधिक ८.१ केडब्लु शक्ति र १०.८ एनएम टर्क उत्सर्जन गर्छ। यसमा ४ स्पिड म्यानुअल ट्रान्समिसन छ। अगाडिको चक्कामा डिक्स र पछाडि ड्रम ब्रेक छ।
यसमा १४.५ लिटर क्षमता भएको इन्धन ट्यांकी छ। ट्युवलेस टायर, पूर्ण डिजिटल स्पिडोमिटर र पछाडि एलइडि बत्ति छ।
नेपाली बजारमा यसले स्प्लेन्डर, साइन, डिस्कभर लगायतसँग प्रतिष्पर्धा गर्ने अनुमान गरिएको छ।
तस्विरहरु- नारायण महर्जन/सेतोपाटी