बजाजको तेस्रो ‘बाइक रियालिटी शो’ हुँदै, प्रथम विजेताले १० लाख र पल्सर एनएस पाउने

बजाजको तेस्रो ‘बाइक रियालिटी शो’ हुँदै, प्रथम विजेताले १० लाख र पल्सर एनएस पाउने


बजाजले सामसङसँगको सहकार्यमा पल्सर डेयरभेन्चरको तेस्रो सिजन संचालन गर्ने घोषणा गरेको छ।

बजाजको अधिकृत विक्रेता हंसराज हुलासचंदका अनुसार पल्सर डेयर भेन्चरको तेस्रो सिजनमा १० साहसी प्रतियोगीहरुले नयाँ पल्सर बाइकमा अन–अफ रोड’ हुँदै एउटा साहसिक राइडमा जाने मौका पाउनेछन्।

पहिलो पुरस्कार विजेताले १० लाख र पल्सर एनएस, दोस्रो पुरस्कार विजेताले ५ लाख र पल्सर एनएस तथा तेस्रो विजेताले पल्सर एनएस पाउने हंसराज हुलासचंदले घोषणा गरेको छ।

यसको अतिरिक्त, राइडकै क्रममा प्रतियोगीहरुले फरक फरक विधाहरुमा पनि आकर्षक उपहारहरु जित्ने मौका पाउने बताइएको छ।
यस प्रतियोगिताका पार्टनरहरुमा शिखर इन्स्योरेनस, सर्भो लुब्रिकेन्टस्, इसिएस मिडिया, बाइकर्स नेपाल, ग्राण्डी इन्टरनेशनल हस्पिटल रहेका छन्।

प्रतियोगीहरुको दर्ता निशुल्क गरिएको छ भने कुनैपनि ब्राण्डका बाईक भएका प्रतियोगीहरुले पनि सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ। सहभागी हुन चाहनेहरुले नजिकैको बजाजको शोरुमहरुमा गएर आधिकारिक सवारी चालक अनुमतिपत्र, नागरिकता र दुई प्रति फोटोका साथमा दर्ता गर्न सक्नेछन्।

प्रतियोगितामा सहभागी हरेक बाइकर्सले पल्सर डेयरभेन्चर ३ को अन्तिम १० मा छनौट हुन अडिसन, फिजिकल फिटनेस टेस्ट, अब्स्ट्याकल टेस्ट, मेडिकल टेस्ट र एटिट्च्यूड टेस्ट पास गर्नुपर्नेछ भने अन्तिम १० प्रतिस्पर्धीहरुका लागि ग्रुमिङ सेशन पास गर्नु पर्नेछ।

प्रतियोगीताको दौरानमा प्रतिस्पर्धीहरु काठमाडौँबाट घाँसीकुवा, बेशिशहर, बाहुनडाँडा हुँदै खाङ्गसार र मनाङ्ग पुग्नुपर्ने छ। सो अवसरमा बोल्दै एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले पल्सर डेयरभेन्चर पहिलो र दोस्रो सिजनको सफल अनुभवकै आधारमा तेस्रो सिजन गर्न लागिएको उल्लेख गरे।

बाइक चालकहरुको लागि पहिलो सिजनमा अपर मुस्ताङ्ग र दोस्रो सिजनमा ताक्सिण्डो, सोलुखुम्बुसम्मको यात्रा गरिएको थियो। यो नयाँ सिजनले युवाहरुलाई कल्पना भन्दा बाहिरको धेरै अनुभव प्रदान गर्ने गोल्छाले बताए। प्रतियोगितामा भाग लिन प्रतियोगिहरुले facebook.com/pulsarnepal वा नजिकको बजाज शोरुममा गएर आफ्नो नाम दर्ता गराउन सकिने छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.