टाटा ‘टिगोर’ नेपाल भित्रियो


टाटा गाडीको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ कार ‘टिगोर’ भित्र्याएको छ। बुधबार राजधानीमा एक कार्यक्रमबीच नयाँ गाडी सार्वजनिक गरिएको हो।

मल्टी ड्राइभ मोडको लागि रिभोटर्न १.२ लिटर पेट्रोल संस्करणको टिगोरको मूल्य २३ लाख ४५ हजार रुपैयाँ तोकिएको छ।

सार्वजनिक कार्यक्रममा टाटा मोटर्स्का अन्तर्राष्ट्रिय बजार प्रमुख जोनी ओम्मेनले टिगोर भावी पुस्ताको माग ध्यानमा राखेर अत्याधुनिक विशेषतासहित निर्माण गरिएको जानकारी दिए।

कम्प्याक्ट सेडानमा उपलब्ध उत्पादनभन्दा केही फरक भएकाले टिगोरलाई स्टाइल ब्याक नाम दिइएको उनले बताए।कार्यक्रममा सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठले टिगोर ग्राहकले मनपराउनेमा आशावादी रहेको बताए।

टिगोर एक्स इ, एक्स टि, एक्स जेड, एक्स जेड (ओ) संस्करण र कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेड गरी ६ रङमा उपलब्ध छ।

कारमा टाटा मोटसर््ले ४ वर्ष वा ७५,००० किलोमिटर वारेन्टी प्रदान गर्ने जनाएको छ।

संस्करण अनुसार यसको मूल्य यस्तो छ।
एक्स इः २३ लाख ४५ हजार
एक्स टिः २६ लाख ७५ हजार
एक्स जेडः २८ लाख ७५ हजार
एक्स जेड (ओ)ः २९ लाख ९५ हजार रुपैयाँ

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.