नेपालमा कहिले गुड्छ टाटाको टिगोर, मूल्य कति ?


टाटाले उत्पादन गरेको टिगोर कार एक हप्तापछि नेपाली सडकमा गुड्ने भएको छ। नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले केहीदिन भित्रै साे कार नेपाली बजारमा विक्री वितरण सुरु गर्ने तयारी गरेको छ।

पेट्रोल र डिजल दुवै भर्सनमा टाटाले टिगोर तयार पारेको छ। अगाडिबाट हेर्दा टिएगोजस्तै देखिने सो कारको पछाडि नयाँ डिजाइन दिइएको छ। यसलाई टाटाले स्टाइलब्याक कारको संज्ञा दिएको छ।

युवा पुस्ताहरुले मनपराउने कारको सुचीमा टाटाले टिगोरलाई राखेको छ। पेट्रोल इन्जिन १ दशमलव २ लिटरमा ३ सिलिण्डरको साथ रेवोट्रान र डिजल भर्सनमा १ दशमलव शुन्य पाँच ३ सिलिण्डर इन्जिन टिगोर कारमा रहेको छ।

टाटाले टिगोर कारमा इम्पेक्ट डिजाइन फिलोसोपीमा तयार पारिएको छ। टाटाले यसअसघ टिएगो ह्याचब्याक र हेक्स एसयुभी कार यस डिजाइनमा बनाइसकेको छ। टिगोर कार हेर्दामा स्पोर्टीजस्तो देखिन्छ।

पछाडि सिटमा अत्याधिक स्पेश दिइएको छ भने पेट्रोल इन्जिनको कारमा १५ इन्चको टायर र डिजल इन्जिनमा १४ इन्चको टायर जडान गरिएको छ। सिट बस्नका लागि निकै सहजका साथ बनाइएको छ।

पछाडिको सिट फोल्ड गर्न मिल्ने कम्पनीले जनाएको छ। मल्टिइन्फो सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम, २ वटा एयरब्याग, जिपिएसजस्ता फिचरले कारलाई आर्कषक देख्न सकिन्छ। टियोरको ग्राउन्ड क्लियरेन्स १ सय ७० एमएम छ।

३५ लिटर तेल अट्ने क्षमता छ। टिगोर कारले प्रतिलिटर २५ किलोमिटर माइलेज दिने र सो कारमा ५ स्पीड गेयर बक्स रहेको कम्पनीले जनाएको छ । मारुती सुजुकीको डिजायर, होन्डाको अमेज, फोर्डको एस्पाउर र फक्सवागनको एमियो कारसँग बजार प्रतिष्प्रर्धा गर्न टाटाले टियोर कार बजारमा ल्याएको हो । टियोर कारको सुरुवाती मुल्य २३ लाखदेखिख बढीमा ३० लाखसम्म पर्ने अनुमान गरिएको छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.