सुजुकीले ल्यायो ६० किलोमिटर माइलेज दिने नयाँ स्कुटर


मोटरसाइकल निर्माता कम्पनी सुजुकीले नयाँ स्कुटर ल्याएको छ। कम्पनीले आफ्नो १२५ सिसिको स्कुटर ‘एक्सेस’ लाई नयाँ रङमा बजारमा ल्याएको हो। नयाँ एक्सेस ‘म्याट’ रङमा उपलब्ध हुनुका साथै यसमा डिस्क ब्रेक पनि छ। यसको मूल्य ५९ हजार ६३ भारतीउ रुपैयाँ तोकिएको छ।

१२५ सिसिको एक्सेसले अधिक ८.७ बीएचपी शक्ति र १०.२ एनएम टर्क उत्सर्जन गर्छ। अटोमेटिक ट्रान्समिसन भएको यो स्कुटरले प्रतिलिटर ६० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.