भारतमा पल्सर बाइकको मूल्य घट्यो, नेपालमा भने नघट्ने


भारतमा पल्सर मोटरसाइकलको मूल्य घटेको छ।  भारत सरकारले जिएसटी वस्तु तथा सेवा कर लगाएपछि बजाजले पल्सर मोटरसाइकलको मुल्य घटाएको भारतीय संचारमाध्यमहरुले बताएका छन्।

करिव एक महिनाअघि भारतमा पल्सर मोटरसाइकलको मूल्य बढेको थियो। पल्सर एनएस २०० को ९७,४५२ भारुबाट मूल्य घटेर ९६,७४७ भारुमा झरेको छ भने २२० सिसिको पल्सरको मुल्य ९२,२०० भारुबाट घटेर ९१,५५५ पुगेको छ।

१ सय ५० सिसिको पल्सरको मूल्य ७४,९७५ भारु कायम भएको छ। १५० सिसिको पल्सरको पुरानो मूल्य ७५,६०४ भारु थियो।  भारतमा पल्सर मोटरसाइकलको मूलय घटेपनि नेपालमा भने नघट्ने नेपालस्थित आधिकारिक विक्रेता हंसराज एण्ड हुलासचन्द कम्पनीले जनाएको छ।

हंसराज एण्ड हुलासचन्द कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छाले भारतले लगाएको वस्तु तथा सेवा कर नेपालका लागि नभएको बताए। ‘नेपालमा यो एप्लिकेवल छैन ‘गोल्छाले सेतोपाटीसँग भने, ‘त्यसैले नेपालमा पल्सर मोटरसाइकलको मूल्य घट्दैन।’

पल्सर बाइकको नेपाल मूल्य-

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.