यो पालि दशैंमा काठमाडौंबाट मुक्तिनाथको भ्रमणमा निस्किएँ। कहीँ हिड्ने त कहीँ गाडीमा चढ्ने गर्दै ६ दिनमा यात्रा सकियो। यात्रामा चियाखाजा खाँदा भेट भएका, होटल चलाइरहेका, गाडीमा छेउको सिटमा परेका लगायत थुपै्र मासिनसँग कुराकानी भयो। आफूलाई पढे लेखेको र टाठोबाठो ठान्ने मलाई मेरो बुझाइका यी साधारण मानिससँगको अन्तरक्रियाले म र म जस्ताको बौद्धिक क्षमतालाई बलियो चुनौती दिएको महशुस भयो।
उनीहरुको ‘कमन सेन्स’ र व्यवहारिक दृष्टिकोणले मेरो बौद्धिक कदलाई होचो सावित गरे जस्तो लाग्यो। मेलै पढाइका क्रममा र अनभवको आधारमा हासिल गरेका सदावहार ज्ञानमाथि शंका उब्जाइ दियो। त्यसो त लेभिट र डवनरले फ्रिकोनोमिक्स भन्ने पुस्तकमा परम्परागत रूपमा सत्य मानिदँै आएका धेरै यस्ता ज्ञानलाई तथ्यले पुिष्ट गर्न नसकिने बताएका कुराले मेरो मस्तिष्क त्यसै पनि रुमल्लिएको थियो।
स्थानीय मानिस पढेका हुँदैनन् तर उनीहरुमा ज्ञान र विवेक हुन्छ र विकासको लागि यसको उपयोग गर्नु पर्छ भन्ने रबर्ट च्याम्बरले ग्रामीण विकास भन्ने पुस्तकमा गरेको वकालत सम्झें। पढेर मात्र ज्ञान हासिल गर्न सकिन्छ भन्ने सोचवाट निर्देशत म, धेरै नपढेका साधारण मानिसमा विद्यमान ज्ञान र विवेक देखेर अचम्मित भएँ। उनीहरूसँगको अन्तरक्रियाले मेरो वुद्धि विवेकलाई फराकिलो मात्र पारेन कतिपय विषयमा मसँग भएको ज्ञान बेकामे भएको महशुस पनि गरायो। अन्तरक्रियाको क्रममा उठेका पाँच विषय आफूलाई नेपालका बौद्धिक र जान्नेबुभ्mने ठान्ने वर्ग र अन्य साधारण मानिसको खुराकको लागि यहाँ प्रस्तुत गरेको छु।
यार्सागुम्वाः अनन्त उत्पादनको चिज हो नासिने चिज होइन प्रत्येक वर्ष असार साउनमा डोल्पा लगायतका हिमाली जिल्लामा यार्सागुम्वा टिप्नको लागि लेकको पाटनमा विद्यायलय बन्द गरेर अएका विद्यार्थी र सर्वसाधारणको भीड समाचार बन्दछ। यार्सागुम्वा संंकलनको क्रममा हुने चोरी, लुटपाट, हत्या जस्ता अपराधका समाचार पनि आइरहेका हुन्छन्। संंंकलनको लागि मानिसको ओइरो लागेको देखेर म र म जस्तै बौद्धिक कहलाउनेलाई लाग्छ यसरी नै यार्सागुम्वाको दोहन हुने हो भने केही समयपछि यो जडिबुटी नेपालबाट समाप्त हुनेछ। यार्सागुम्बाको संंरक्षणको लागि वन मन्त्रालय अन्तर्गत एक वैज्ञानिक कार्यदल बनाएर प्रतिवेदन लिने काम पनि भएको थियो। प्रतिवेदनले पनि यार्सागुम्बाको दिगो उपयोगको लागि यसको दोहनलाई नियमन गर्न सुझाव दिएको थियो। म र म जस्तै सरकारको नीति निर्माणमा बसेका र आफूलाई टाठाबाठा ठान्ने सबैमा यार्सागुम्बाको दिगो उपयोगका लागि हालको अनियन्त्रित दोहनलाई सीमित गर्नु पर्दछ भन्ने धारणा हावी छ।
बेनी–जोमसोम बाटोको पीप्ले भन्ने स्थानको एक चिया पसलमा भेटिएका १० वर्षदेखि यार्सागुम्वको व्यवसायमा संलग्न म्याग्दीका कृष्णबहादुरसँगको (नाम परिवर्तन) कुराकानीमा यार्सागुम्बासम्बन्धी अनौठा तथ्य अगाडि आए। उनको भनाइअनुसार यार्सागुम्बाको अधिक संंकलन सम्भव नै छैन जति बन्छ त्यति मात्रै त कोरेर संकलन गर्ने हो। यसकारण यार्सागुम्बा कहिल्यै सकिँदैन बरु नटिप्ने हो भने कुहेर खेर जान्छ। उनका अनुसार यार्सागुम्बाको उत्पादन हिमपातसँग सम्बन्धित छ, हिमपातको परिमाणले यसको उत्पादन नियन्त्रण गर्छ। बढी हिउँ पर्दा बढी र कम हिउँ पर्दा कम उत्पादन हुन्छ। उनको भनाइअनुसार जसरी चामलमा बाहिरबाट किरा प्रवेश नगरिकन किरा पर्छ त्यसरी नै हिउँमै यसको बिउ रहेको हुन्छ।
हिउँ परेपछि यार्सागुम्बा स्वतः उत्पादन हुन्छ। त्यसकारण यार्सागुम्बा सकिन्छ भनेर चिन्ता गर्न आवश्यक नभएको उनको दाबी थियो । बरु राम्ररी हिउँ नपर्दा उत्पादन राम्रो नहुने भयो भनेर चिन्ता गर्नु जायज हुने उनले तर्क गरे। उनकाअनुसार यार्सागुम्बा सम्बन्धमा सरकार र समुदायले गर्ने भनेको खोज्ने कार्यमा असीमित प्रतिस्पर्धा हुन नदिई अपराधका गतिविधि हुन नदिने र नेपालमा प्रयोग नहुने भएकोले खनेर निकालिएको यार्सागुम्बालाई अर्ध प्रशोधनको माध्यमबाट मूल्य अभिवृद्धि गरेर निकासी गरी राष्ट्रिय आम्दानी वृद्धि गर्ने हुनु पर्दछ।
सड्ने प्लाष्टिकलाई किन सड्दैन भन्ने प्लाटिक कहिल्यै सड्दैन। यसले वतावरणमा अत्याधिक प्रदुषण गर्छ। त्यसैले यसको प्रयोगलाई नियन्त्रण गर्नुपर्छ। यही सदाबहार ज्ञानको आधारमा सरकारले प्लाष्टिकको झोलामा गत साउन १ गतेदेखि प्रतिबन्ध लगाएको छ। प्लाष्टिक झोलाको सट्टा अन्य झोलालाई प्रोत्साहित गरिएको छ। ठूला डिपार्टमेन्टल स्टोर्सले यसअघि निःशुल्क दिइने प्लाष्टिकका झोलाको सट्टा पैसा लिएर थप मोटो र बलियो प्लाष्टिककै झोलामा सामान दिँदै आएका छन्। साना पसलले झोला ल्याउनु भएको छ कि छैन? भनेर सोध्न थालेका छन्। कतिपयले पहिलेको स्टक भनी लुकिछिपी पातलो प्लाष्टिकको झोला नै प्रयोगमा ल्याइरहेका छन्।
दुबईको प्लाष्टिक कारखानामा ५ वर्षदेखि काम गरिरहेका एक युवाको कुराले यो कुरालाई चुनौती दियो। उनी अहिले विदामा घर आई फर्कन बेनी–काठमाडौंको बसमा मसँगैको सिटमा यात्रा गरिरहेका थिए। उनले भने– प्लाष्टिक सड्दैन भन्ने कुरा गतल हो। प्लाष्टिक सड्छ खालि कति अवधि पछि सड्छ भन्ने कुरा मात्र हो। उनको भनाइअनुसार सामान्यतः प्लाष्टिक दुई वर्षपछि सड्छ। उनले अहिले त प्लाष्टिक सड्ने समयलाई कम गर्ने प्रविधि उपलब्ध भइसकेको कुरा पनि गरे। उनकाअनुसार बायो डिग्रेडेबल रसायन हालेर एकै वर्षमा सड्ने गरी प्लाष्टिक बनाउन सकिने प्रविधि विकास भएको छ। उनले भने– प्लाष्टिकको प्रयोग रोक्ने कार्य सम्भव नै छैन जति नै वातावरणप्रति सचेत मुलुकले पनि प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध लगाइएका छैनन्, बरु चाँडो सड्ने प्लाष्टिकको प्रयोगलाई प्रोत्साहित गरेका छन्। उनका अनुसार नेपालले लिएको बाटो यस अर्थमा सर्वथा अनुचित छ ।
प्लाष्टिकको प्रयोगलाई घटाउने नाममा छिटो र सजिलो गरी सड्ने मसिनो प्लाष्टिकको सट्टा मोटो र सड्न बढी समय लाग्ने प्लाष्टिकको झोलाको प्रयोगलाई प्रवद्र्धन गर्ने सरकारको नीति त्रुटीपूर्ण छ। उनको विचारमा यो प्रतिबन्ध झोला उत्पादन गर्ने व्यापारीको स्वार्थ प्रवर्धन गर्ने सरकारी चाल मात्र हो। उनी यस्ता व्यवसायी, सरकार र आम मानिसलाई प्लाष्टिक नसड्ने चिज हो भन्ने कुराको भ्रम छर्न सफल भएको मात्र ठान्दछन्।
अर्को उपयुक्त विकल्पको आविष्कार नहँुदासम्म प्लाष्टिकको प्रयोग निर्मूल गर्न सम्भव छैन, बरु कम हुँदै जाने फलाम, तामा, आल्मुनियम जस्ता धातुको सट्टा यसको प्रयोग आगामी दिनमा बढ्दै जानेछ। संंसारभर प्लाष्टिकको प्रयोग भइरहेको छ। त्यसकारण सरकारले गर्ने भनेको बायो डिग्रेडेबल प्लाष्टिकलाई जोड दिने हुनु पर्दछ न कि प्लाष्टिक झोलामा प्रतिबन्ध लगाउने। सरकारी नीति प्लाष्टिकको प्रयोगलाई नै कम गर्नेतिर निर्देशित हुनु पर्दछ न कि झन् सड्न बढी समय लाग्ने प्लाष्टिकको प्रयोग गराउनेमा। उनको भनाइअनुसार सरकारले बरु चाउचाउ लगायतका तयारी खाने कुरा प्याक गर्न नेपालमा प्रयोग हुने प्लाष्टिकको गुणस्तर एकदम कमजोर हुने गरेकोले भित्रको चिज नसड्ने गरी तयारी खाने कुरा प्याक गर्न प्रयोग हुने प्लाष्टिकको गुणस्तर निर्धारण गरेर नियमन गर्नु पर्दछ। नेपालमा हाल जुन प्लाष्टिकमा तयारी खाने कुरा प्याक गरिएको हुन्छ, त्यस्ता प्याकेटमा राखिएका खानेकुरा स्वास्थ्यवद्र्धक हुनै नसक्ने उनको दाबी थियो।
हावाहुरीको शत्रु होइन अत्यावश्यक मित्र हो हावाहुरी मानिसको नियन्त्रणमा नभएको सर्वथा ध्वसंक प्राकृतिक विपद् हो। विषेश गरी उच्च हिमाली भेगमा कुनै समयमा या कुनै याममा असाध्यै ठूलो हावाहुरी चल्ने गर्दछ । जोमसोममा दैनिक मध्यान्हपछि नियमित रूपमा चल्ने हावाहुरीले ससाना ढुंंगा समेत उडाउने गर्छ। मुस्ताङको घाँसाबाट करिब पाँच किलोमिटरको दुरीमा रहेको लेते गाउँ विकास समितिमा हिउँदको दुई महिना असाध्यै हुरी चल्ने रहेछ। मैले लेते कालापानीस्थित फोर पिक होटलको ‘बाथरुममा अरु सबै चिज रहेछ, ऐना रहेनछ नि’ भन्दा होटल साहुनी निर्मला सेरचनले हिउँदको हुरीले फुटाई दिएको बताइन्।
मैले नपत्याए जस्तो गरी ट्वाल्ल हेर्दै गर्दा उनले आनफे भनाइ थप पुष्टि गर्न हिउँदको दुई महिना असाध्यै हुरी चल्ने र यसले भ्mयालका सिसा फुटाउने र कोठामा माटो बालुवा थोपर्ने भएकोले दुई महिना त हामी कोठा बढार्दा पनि बढार्दैनौं भनिन्। हावाहुरीको यो कथा सुनेर म थप अचम्ममा परें। उनले तर यो हावाहुरी यहाँको खेती प्रणालीको लागि अत्यावश्यक भएको बताइन्। उनको यो कुरा सुनेर म थप अचम्मित भएँ। हावाहुरीको बालीनालीसँग के सम्बन्ध होला भनेर। हावाहुरी कम चलेको वर्ष कृषि बालीको उत्पादन कम भएको अनुभव उनले सुनाइन्। मैले हावाहुुरी र कृषि बालीबीच सिधा के सम्बन्ध हुन्छ र? भनेर सोधे। उनले यस भेगमा चल्ने हावाहुरी र कृषि बालीबीच प्रत्यक्ष सम्बन्ध रहने बताउँदै यस प्रकारको तर्क अगाडि सारिन्।
लेतेको वरिपरि सबै सल्लोको जंंगल छ। बेस्सरी हावा चल्दा मात्र सल्लाको हाँगा भाँचिने भएकोले सल्लाको सोत्तर जमीनमा जम्मा हुन्छ। जति बढी जोडले र धैरै समय हावा चल्छ उत्ति नै बढी हाँगा भाँच्चिने भएकोले सल्लाको सोत्तरको उत्पादन बृद्धि हुने उनको तर्क थियो। सल्लाको पातको आकार सियो जस्तो हुने भएकोले हावा चल्दा अन्य जातको वनस्पतिमा जस्तो पात झर्दैन, पात झर्नको लागि हाँगानै भाँचिनु पर्दछ। सामान्य हावाले सल्लाको हाँगा भाँच्न नसक्ने भएकोले सल्लाको सोत्तरको उत्पादनमा कमी आउने उनको भनाइ छ।
वर्षको पाँच दिन चैत वैशाखमा सामुदायिक वन उपभोक्ता समूहले लेतेका बासिन्दलाई वनमा प्रवेश गर्ने अनुमति दिँदोरहेछ। यी पाँच दिनमा स्थानीयले बनावट सल्लाको सोत्तर ओसार्दा रहेछन्। स्वाभविक रूपमा बढी उत्पादन भएको बेलामा धेरै ओसार्ने र कम भएको बेलामा कम मात्र ल्याउँदा रहेछन्। यसरी ल्याएको सल्लाको सोत्तरलाई गाईवस्तुको गोठमा ओछ्याउन प्रयोग गरिँदोरहेछ। यसबाट राम्रो प्रांगारिक मल बन्दो रहेछ। यसरी धेरै सल्लाको सोत्तरबाट धेरै प्रांगारिक मल बन्ने रहेछ। बढी मलको प्रयोगबाट बालीनाली सप्रने र उत्पादन वृद्धि हुनु स्वाभाविक भयो। यसरी उनले हावाहुरीसँग कृषि उत्पादनलाई प्रत्यक्ष सम्बन्धित गराइन्। बाफ रे! सामान्य मान्छेले कृषि प्रणालीको चक्रलाई यस प्रकार व्याख्या गरेको देखेर म अवाक् भएँ। हावाहुरी यस प्रकार लेतेवासीको लागि शत्रुभन्दा अत्यावश्यक मित्र पो रहेछ।
कम आवश्यकता उच्च प्राथमिकता, उच्च आवश्यकता कम प्राथमिकता अनुचित हो अहिले म्याग्दीको बेनीदेखि अवस्था जस्तोसुकै भए पनि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म मोटर बाटो छ। करिब १ सय १० किलोमिटरको यो बाटोको ३६० रुपैयाँ भाडा तिर्नु पर्ने (प्रति किमी १० रुपैयाँ) बेनीदेखि घाँसासम्मको ३६ किलोमिटरको सडक खण्ड ठूलाठूला चट्टानको कारण साँघुरो र पुल पुलेसाको अभावमा खोलानालाले छत्विछत् पारेको अवस्थामा छ। घाँसादेखि जोमसोमसम्मको ४६५ भाडा तिर्नु पर्ने (प्रति किमी ११.२५ रुपैयाँ) ४० किलो मिटरको अधिकांंश भाग कम चट्टान र ग्राभेल माटो मात्र भएको समथर भागमा रहेको छ। जोमसोमदेखि मुक्तिनाथसम्मको करिब ३० किलोमिटर खण्ड कुनै ठूलो चट्टान नपर्ने र प्राकृतिक ग्राभेल भएको अवस्थामा छ।
यी तीन खण्डमध्ये जोमसोम मुक्तिनाथ सडक सबैभन्दा राम्रो अवस्थामा छ भने घाँसा जोमसोम, बेनी घाँसाभन्दा राम्रो अवस्थामा छ। जोमसोमबाट बसमा घाँसासम्म आएर बेनी जान चढेका पर्यटकको दुई समूह कालीगण्डकीको संसारकै ठूलो गल्छी नजिकको बाटोमा बस ढल्किँदा डराएर ‘रोक रोक हामी हिँडेरै जान्छौं’ भन्दै चिच्याएर बस रोक्न लगाएर झरेको र दुई ठाँउमा सबै यात्रु ओरालेर बस कटाउनु परेको घटनाले घाँसादेखि बेनीसम्मको बाटोको दयनीय अवस्थाको संकेत गर्दछ। यी तीनै खण्डको सडक निर्माणको काम सुरु भएको धेरै वर्ष भइसकेको छ। प्रत्येक वर्ष सरकारले यी सडक खण्ड निर्माणमा रकम छुट्याएर काम गराइरहेको छ। यी तीनै खण्ड कुनैमा पनि कालोपत्रे गरिएको छैन। पुल पुलेसा बनाउने, पहिरो पन्छाउने र ट्रयाकको स्तरोन्नतिमा नै हालसम्मको रकम खर्च भई रहेको कुरा बाटोको अवस्था हेर्दा सहज अनुमान लगाउन सकिन्छ।
यी तीनमध्ये बेनीबाट जोमसोमसम्मको सडक खण्ड सबै किसिमबाट महत्वपूर्ण देखिन्छ। जोमसोम आएर मुक्तिनाथ, लोमान्थाङ र अन्यत्र जान पनि बेनी जोमसोम सडक खण्ड महत्वपूर्ण छ। पर्यटन, तिर्थयात्रा र यो क्षेत्रको आर्थिक सामाजिक विकासको लागि पनि यो सडक खण्डको रणनीतिक महत्व छ। मुस्ताङको कोरला नाका खेल्ने चर्चा चलेको सन्दर्भमा त यो सडक खण्ड भविष्यमा सीमापार व्यापारको लागि पनि आवश्यक देखिन्छ। जोमसोमसम्म पहुँचको लागि योबाहेक अर्को मोटर बाटो पनि छैन। यो बाटोबाट जोमसोम पुगेपछि नै अन्यत्र जाने मार्ग प्रशस्त हुन्छ।
असाध्यै महत्वपूर्ण बेनी–जोमसोम खण्डलाई वेवास्ता गर्दै सरकारले हाल जोमसोम मुक्तिनाथको खण्डलाई स्तरोन्नति गरेर कालोपत्रे गर्ने काम धमाधम अगाडि बढाइरहेको छ। स्थानीयका अनुसार अबको एक वर्षभित्र यो सडक पक्की गर्ने काम सकिन्छ। सापेक्ष रूपमा अन्य सडकभन्दा कम आवश्यकताको सडक खण्ड सरकारको उच्च प्राथमिकतामा परेको देखेर स्थानीय आश्चर्यचकित भएका छन्। जहाँको बाटो भए पनि बन्नु राम्रो हँुदाहुँदै पनि रुखको त जरामा पो पानी हाल्नु पर्दछ, हाँगामा हालेर त रुखले राम्ररी पानी पाउन सक्दैन भन्दै थिए।
जबसम्म अन्यत्रबाट जोमसोमसम्म आउने बाटोको अवस्था खराब रहन्छ तबसम्म यातायात सहज हुन सक्दैन, मासिन वा वस्तु सजिलै जोमसोम पुग्नै सक्दैनन्। यो अवस्थामा त्यसै पनि खासै समस्या नभएको जोमसोम मुक्तिनाथ सडकलाई उच्च प्राथमिकता दिएर काम भइरहनु औचित्यपूर्ण छैन। स्थानीयका अनुसार यो काम आवश्यकताभन्दा पनि स्थानीय व्यापारी र ठेकेदारलाई पोस्ने चाला मात्र हो। उनीहरुका अनुसार यो आवश्यकता र औचित्यताभन्दा अन्य आधारमा सरकारी साधन र स्रोत खर्च हुने गरेको एक अनुपम उदाहरण हो।