नेपालका लागि होन्डाको मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले डियो स्कुटरको नयाँ मोडल बजारमा ल्याएको छ।
नयाँ डियोमा एलइडी हेड ल्याम्प र इक्वाइलेजर टेक्नोलोजीका साथ कम्बी ब्रेक सिस्टम रहेको छ। त्यस्तै माइलेजको लागि इको टेक्नोलोजी, इन्जिन, नयाँ इन्स्ट्रुमेन्ट प्यानल र डुअल टोन कलरका साथै स्पोर्टिङ्ग ग्राफिक्स रहेको छ।
नयाँ युवा पिढीहरुको आवश्यकतालाई ध्यानमा राख्दै यस स्कुटरमा चार्जिङ सकेट, बिएस आइभी इमिसन र अटोमेटिक खुल्ने हेडल्याम्प रहेको होन्डाले जनाएको छ।
यो स्कुटर विभिन्न पाँच रंगहरु भिब्रेन्ट अरेन्ज, पर्ल स्पोर्टस यल्लो, स्पोर्टस् रेड, क्यान्डी जेजी ब्लु र एक्सिस ग्रे मेटालिक रंगमा उपलव्ध छ।