नेपालमा बिवाइडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पोखरामा बिवाइडी शोरूम सञ्चालनमा ल्याएको छ।
यसका साथै गण्डकी प्रदेशमा बिवाइडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बिवाइडी सिलायन–७’ सार्वजनिक गरिएको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शोरूमको उद्घाटन गरेका छन्।
बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बिवाइडीको नवीनतम कर्पोरेट आइडेन्टिटी/भिजुअल आइडेन्टिटी (सिआइ/भिआई) मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको छ।
यसले कुल १२ हजार आठ सय ४५ वर्ग फिट क्षेत्रमा व्यापक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान गर्दछ।
जसले ग्राहकहरूलाई एकै स्थानमा सबै सेवा प्राप्त गर्ने अनुभव उपलब्ध गराउँछ।
शोरूमको ठीक पछाडि निर्माण भइरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभाबकारी बनाउने साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बताए।
‘पोखरा हाम्रो दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम गुणस्तरका उत्पादनहरूको सुरुआत गरेर हामी ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याउँदै छौं,’ उनले भने।
बिवाइडी सिलायन–७ ले अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने उनले विश्वास व्यक्त गरे।
पोखरामा रहेका सम्पूर्ण बीवाईडी सर्भिसमा संलग्न कर्मचारीहरुले बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरुबाट तालिमप्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन्, जसले ग्राहकहरूलाई प्रत्येक चरणमा उत्कृष्ट सेवा प्रदान गर्नेछ।