लक्ष्मी इ-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड 'फोर्थिङ' लाई नेपाली बजारमा ल्याइसकेको छ।
नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्वपूर्ण कदम मानिएको छ।
फोर्थिङको पहिलो मोडेल फ्राइडे इभी नेपालमा २०८२ साउन २ गते (अगस्ट ६) का दिन राष्ट्रिय अटो प्रदर्शनी नाइमा २०२५ को उद्घाटन अवसरमा सार्वजनिक गरिएको थियो।
यो प्रदर्शनी नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनद्वारा आयोजित गरिएको हो।
विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयुभी, फ्राइडे इभी को सुरुवात गर्दै आफ्नो उपस्थिति दर्ता गरेको छ।
यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिदो आवश्यकतामा केन्द्रित समाधान दिन्छ।
फ्राइडे इभी दुई भेरियन्टमा उपलब्ध छ। लक्जरी र एक्सक्लुसिभ — जसको मूल्य क्रमशः ५० लाख ९६ हजार रूपैयाँ र ५६ लाख ९६ हजार रूपैयाँ छ।
नाइमाको विशेष अफर अन्तर्गत फोर्थिङ ले दुवै भेरियन्टमा सीमित समयका लागि २ लाख रूपैयाँ छुट र एक वर्षको अटो+बीमा प्रदान गर्दैछ। यस अफरमा ग्राहकहरूले लक्जरी भेरियन्ट केबल ४८ लाख ९६ हजारमा र एक्सक्लुसिभ भेरियन्ट ५४ लाख ९६ हजार रूपैयाँमा प्राप्त गर्न सक्नेछन्।
सहरका सडकहरू र सप्ताहन्तको यात्राका लागि उपयुक्त, फ्राइडे इभी मा ६४.४ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर छ, जसले ४०० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सक्षम भित्री डिजाइन आराम, प्रयोगको सजिलो, र स्मार्ट इर्गोनोमिक्सलाई प्राथमिकता दिई विचारपूर्वक तयार गरिएको छ।
साथै, यसमा प्रिमियम मसाज स्पोर्ट्स सीट रहेको छ जसले ड्राइभिङ अनुभवलाई अझ आरामदायी बनाउँछ र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेट सुविधा पनि उपलब्ध छ जसले सहजता थपेको छ।
फोर्थिङ फ्राइडे इभी ले प्रतिस्पर्धात्मक मूल्य निर्धारणसँगै प्रिमियम स्तरका सुविधाहरू र नाइमाको विशेष अफर पनि उपलब्ध गराउँछ।
फोर्थिङसँग सहकार्य गर्दै लक्ष्मी इ-मोबिलिटीले नेपाली बजारमा अत्याधुनिक र वातावरणमैत्री सवारी समाधानहरू पुर्याउने आफ्नो प्रतिबद्धता थप प्रगाढ बनाएको छ। कम्पनीले नेपालमा इलेक्ट्रिक सवारी साधनको भविष्य निर्माणमा अग्रणी भूमिका खेल्न निरन्तर काम गरिरहेको बताएको छ।