सरकारले विद्युतीय सवारी साधनको करलाई यथावत राखेको छ।
भन्सार बढ्ने भन्दै पछिल्लो डेढ महिना अत्यधिक मात्रामा विद्युतीय सवारीहरूको प्रवेश गराइएको थियो।
व्यपारीहरूले २५ प्रतिशतसम्म कर बढ्ने आकलन गरेका थिए।
तर अर्थमन्त्री विष्णु पौडेलले सबै सरोकारवालाहरूलाई आश्चर्यमा राख्दै विद्युतीय सवारीको भन्सार, अन्तशुल्क तथा अन्य शुल्क यथावत राखेका हुन्।
अहिले अत्यधिक मात्रामा गाडी आयात गरिएको कारण यस्ता गाडीको मूल्य घट्न सक्ने व्यवासीहरूको प्रतिक्रिया छ।
'हामीलाई अर्थमन्त्रीले आश्चर्यमा नै राख्नु भयो। हामीले यस्तो हुन्छ त अनुमान नै गरेका थिएनौ,' एक गाडी आयतकर्ता व्यवसायीले भने, 'अब यी गाडीबीच तीव्र प्रतिस्पर्धा हुनेछ।'
उनले गाडी बेच्नको लागि व्यवसायीबीच प्रतिस्पर्धा हुँदा प्रयोगकर्ताले केही सस्तोमा गाडी पाउन सक्ने बताए।
'हामीले लामो समय स्टक राख्दा घाटा हुन सक्छ। यस कारण छिटो गाडी बिक्री गर्न प्रतिस्पर्धा हुने र पहिलैको तुलनामा केही मूल्य घट्जन सक्छ,' ती व्यवसायीले भने।