टाटा मोटर्स र सिप्रदी अटोपार्टस्ले गरेको टाटा गुरु सम्मेलनमा २१ जना सम्मानित भएका छन्।
आफ्नो दक्षताको पूर्ण उपयोग गरी उत्कृष्ट कार्य गरेवापत यस सम्मेलनमार्फत गुरुहरु (मेकानिक्स)लाई सम्मान गरिएको टाटाले जनाएको छ। प्रमुख कार्यकारी अधिकृत, प्रमुख संचालन अधिकृत लगायत सम्पूर्ण उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा सबैभन्दा बढी अंक हासिल गर्ने टाटा गुरुहरुलाई सम्मान गरिएको हो।
जसमा पूर्वी क्षेत्रबाट ‘वाइज हाईएस्ट प्वाईन्ट’ कलेक्सन गर्न सफल ईस्राफिल अन्सारीलाई विशाल पटेल एवं प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीबाट अवार्ड प्रदान गरिएको थियो। काठमाडौंबाट धर्मा श्रेष्ठलाई बढी प्वाईन्ट कलेक्सन गरेकोमा जयदीप मटकर एवं प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठको हातबाट सम्मान दिलाईएको थियो।
सम्मेलनमा टाटा मोटर्सका तर्पmबाट जयदीप मटकर (आईबी हेड) ले टाटा जेनुईन पार्टस्को बारेमा मेकानिक्सहरुलाई जानकारी गराएका थिए। सो अवसरमा उनीहरुलाई टाटा ब्राण्डका गाडीहरु विश्वासिलो, भरपर्दो र सुरक्षित रहेको सन्देश ग्राहकहरुमा पुर्याउन आग्रह समेत गरिएको थियो।