नयाँ प्रिन्टर अइपुगेको एक सात बितिसक्दा पनि लाइसेन्सको छपाई हुन सकेको छैन।
प्रिन्टर जडानमा प्राविधिक समस्या आउँदा छपाई कार्य सुरु हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागको विज्ञ टोलिले ६ दिन देखि प्रिन्टर जडानको प्रयास गर्दा पनि संचालन नभएपछि भारतबाट विज्ञ बोलाइएको छ। ‘हामीले धेरै प्रयास गर्दा पनि हार्डवयर र सफ्टवयरबीच कनेक्सन भएन’ यातायात व्यवस्या विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोख्रेलले भने ‘बुधवार बेलुकासम्म भारतबाट विज्ञ आइपुग्छ र प्रिन्टर इन्स्टल भएपछि तुरुन्तै छपाई सुरु हुन्छ।’
हालै विभागले लाइसेन्स छपाईका लागि ४ वटा नयाँ प्रिन्टर ल्याएको हो। प्रत्येकले दैनिक १ हजार लाइसेन्स छाप्न सक्ने पोख्रेलले जानकारी दिए।

यस अघि विभागमा भएको ५ प्रिन्टर मध्ये एउटा प्रिन्टर विग्रिएको छ भने ४ वटाले दैनिक कुल २ हजार मात्र लाइसेन्स छाप्न सक्छ। यी नयाँ ४ प्रिन्टर सुचारु भएपछि दैनिक ४ हजार र पुराना चार प्रिन्टरले २ हजार गरी विभागले दैनिक ६ हजार लाइसेन्स प्रिन्ट गर्न सक्छ।
त्यस्तै नाइट सिफ्ट समेत गरेर दैनिक १० हजार लाइसेन्स छाप्ने गरी तयारी गरिएको विभागले जनाएको छ। करिव डेढ महिना भित्रै पुराना बाँकी सबै कार्ड छापिसक्ने विभागको भनाइ छ।
हाल करिब ३ लाख चालकले चिटको भरमा सवारी चलाइरहेका छन्।