नेपालीे टायर बजारलाई लक्षित गरी हंसराज हुलासचन्द (एचएच) एण्ड कम्पनीले युरोग्रिप टायर नेपाली बजारमा ल्याएको छ। बजाजको दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीहरुको लागि एचएच नेपालका लागि आधिकारिक बिक्रेता पनि हो।
सम्पूर्ण रेन्जमा युरोग्रिप टायर उपलव्ध रहेको कम्पनीले जनाएको छ। ‘एक्ट्रा डिउरेबल टायर’का रुपमा युरोग्रिप टायर आएको र यो लामो अवधिसम्म टिक्ने कम्पनीको दावी छ।
युरोग्रिप टायरको उत्पादनमा प्रयोग गरिएको प्रविधि र डिजाइनले यसलाई नेपाली भूगोल सुहाउँदो रहेको एचएचका डाइरेक्टर अभिमन्यु गोल्छाले बताए। ‘खाल्डा खुल्डी, ढुङ्गामाटो युक्त सडकले यात्रा असुरक्षित बनाएको छ, यी अप्ठ्याराहरुबाट हुने चुनौतिको सामना गर्न युरोग्रिप टायर सुहाउँदो छ’ गोल्छाले भने।
युरोग्रिप टायर नेपाल भरीका बजाज डिलरसिप र आधिकारिक सर्भिस सेन्टरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।