यातायात क्षेत्रको सिन्डिकेट तोडिएसँगै दिनानु दिन यातायात कम्पनीहरू बढ्दै गइरहेका छन्।
कम्पनी रजिस्टार कार्यालयमा हालसम्म ८ सय २६ वटा यातायात कम्पनी दर्ता भएका छन्।
सरकारले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै सवारी कम्पनीमा दर्ता हुनुपर्ने, सवारी साधन अनिवार्य पञ्जिकृत हुनुपर्ने लगायतका निर्णय गरेको थियो।
चैत १८ गतेपछि मात्र कुल १९६ वटा यातायात कम्पनी दर्ता भएको कम्पनी रजिष्टार कार्यालयले जनाएको छ। त्यस्तै २९३ कम्पनीको नाम स्वीकृत भइसकेको, ४९ वटा भेरिफिकेसन प्रोसेसमा रहेको रजिस्टार कार्यालयले जनाएको छ।
६६४ कम्पनीको नाम नमिलेर अस्विकृत भएको छ भने ७ वटा नयाँ निवेदन परेको कार्यालय आईटी विभागले जनाएको छ।
पञ्जिकरणको क्रम पनि बढ्दो
यातायात विभागको तथ्याङ्क अनुसार २०५४ साल देखि हालसम्म २ सय ८४ वटा यातायात कम्पनी पञ्जिकरण भएका छन्। तिमध्य १ सय ७० भने चैत १८ गते पद्धि पञ्जिकृत भएका हुन्।
पञ्जिकृत हुने मध्ये सबैभन्दा धेरै गाडी साझा यातायात सहकारी संस्था लिमिटेडका ४७ वटा रहेका छन्।
त्यस्तै महानगर यातायातका ३९, सुर्यमति यातायातका ३५, बाबा गोकर्णे यातायातका ३२, मयुर यातायातका २४, हेलक्बु यातायातका २१, अटोवेज यातायातका २६ र कोशि विक्रम यातायातका २५ वटा गाडी रहेका छन्।