नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एफजी २५का राइडरहरुका लागि साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’ सम्पन्न गरेको छ।
यसपटक १ नम्बर प्रान्तका एफजी २५ राइडरर्सलाई इटहरीको सोरुमबाट धरान हुँदै भेडेटार नाम्जेसम्मको यात्रा गराइएको यामाहाले जनाएको छ।
पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’लगायतका सामुहिक टास्क दिइएको थियो। कार्यक्रमको अन्तमा सहभागी सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो।
तिरुपति अटोसिटीका प्रबन्ध निर्देशक संयोग पराजुलीले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले राइड आउट आयोजना गरिएको बताए। कम्पनीले दिउको अवसरप्रति एफजी २५ का राइडरले खुसी व्यक्त गरे।
अत्याधुनिक फ्युलइन्जेक्सन प्रविधि रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन छ। मोटरसाइकलमाथि नियन्त्रण सहज गर्न यसको वजन १४८ केजी मात्रै कायम गरिएको छ।
यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्छ।
यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा तयार गरिएको छ। एफजी२५ तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ। नेपालमा लन्च भएको एक वर्ष नबित्दै एफजी २५ तीन हजारभन्दा बढी ओटा विक्री भइसकेको कम्पनीको दावी छ।