नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता आईएमएस मोटर्सले सोमबारदेखि अन्बिटेबल डिस्काउन्ट अभियान थाल्ने भएको छ।
यस अभियानमा मोटर्सले सीमित स्टक स्याङयोङ गाडीको खरिदमा, बजेट पुर्वकै मूल्यमा न्युनतम ५ लाख रुपैयाँको छुट दिने जनाएको छ ।
कोरियन लक्जरी एसयूभी ब्राण्ड स्याङयोङले सरल फाइनान्स, ३ वर्षको निशुल्क सर्भिसिङ, ३ वर्षको वारेन्टी, चालु आवको सवारी कर निशुल्कजस्ता सुविधा दिइने जनाएको छ।
आइएमएसका सेल्स एण्ड अपरेसन प्रमुख प्रबन्धक, सुदिप आचार्यले नयाँ सरकारी नीतिले अटोमोबाइलमा ४० प्रतिशत सम्मको अन्तशुल्क बढाएकाले यो अभियानले ग्राहकलाई लाभ पुग्ने बताए।
उनका अनुसार यो छुट साङयोङ गाडीको सीमित स्टकको पूर्वनिर्धारित मूल्यमा लागू हुनेछ। लक्जरी कारहरू, एसयूभीहरू, पिकअप ट्रक र एमपिभीहरू उत्पादन गर्दै आएको कम्पनीले संसारभर करिब १६५८ बिक्रेतामार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात गर्दै आएको छ।