नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिहीबारबाट नुवाकोटको त्रिशुलीस्थित बत्तारमा नयाँ डिलर संचालनमा ल्याएको छ।
एमएडब्लुले त्रिशुली अटोमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो। नुवाकोटमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत गर्दै नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जनाएको छ।
नयाँ शोरुमको प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति, नुवाकोटका सभापति शान्तमान तामाङले उदघाटन गरे। त्रिशुली अटोबाट ग्राहकले यामाहाका मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउनेछन्।
यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ। स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन्।
यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ। साथै, फेजर प्लेटफर्मको फेजर२५ले पनि राइडरहरुलाई आकर्षित गरिरहेको छ।