जिपले इटालीमा जारी टुरिन मोटर सोमा आफ्नो परिस्कृत रेने गेड एसयुभीलाई सार्वजनिक गरेको छ। जिप रेनेगेड फेस लिफ्टको अगाडिको बम्परलाई रिडिजाइन गरिएको छ।
नयाँ रेनेगेडमा बम्पर अघिल्लो एडिसनको भन्दा केही तल सारिएको छ भने तल्लो भागमा थप दुई वटा फगल्याम्प जडान गरिनुका साथै तिमाथि इन्डिकेटर राखिएका छन्।
यो कारको टेललाइटलाई थोरै ‘रिप्रोफाइल’ गरिएको छ, जसले गर्दा अघिल्लो संस्करणको भन्दा फरक देखिन्छ। नयाँ कार युरोपेली बजारमा एक लिटरको तीन सिलिन्डर इन्जिनमा पाइनेछ। जिपले १.३ लिटरको टर्बो पेट्रोल मोटरको दुई इन्जिन क्षमता भएका रेनेगेड पनि ल्याउने अपेक्षा गरिएको छ।
नयाँ रेनेगेड भारतमा चाँडै लन्च गरिने अनुमान छ। भारतमा भने यो कार १४० एचपी, २.० लिटर र १.४ लिटरको टर्बो–पेट्रोल इन्जिनसहितको टु–ह्विल र फोर–ह्विल आउने सक्ने अटोकारले जनाएको छ।
भारतीय बजारमा रेनेगेडको प्रतिस्पर्धा हुन्डाई क्रेटा, रेनो क्याप्चर र निसानको आउँदै गरेको कार किक्ससँग हुने बताइएको छ। भारतीय बजारमा यसको मूल्य २५ देखि ३० लाख भारुको बीचमा हुने अनुमान छ।