बजेटले गाडी तथा मोटरसाइकलको मूल्य बढ्ने भएको छ।
संघीय संसदमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री युवराज खतिवडाले एक हजार सिसी भन्दा धेरै इन्जिन क्षमताको चारपांग्रे र १ सय ५० सिसी भन्दा धेरै इन्जिन क्षमताको दुई पांग्रे सवारीसाधनमा अन्तशुल्क बढाइने बताएका हुन्।
उनको यो भनाईसँगै आगामी आर्थिक वर्षदेखि भित्रिने ति सवारी साधनको मूल्य महँगो पर्न जाने छ।