बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले डोमिनार मोटोग्राफी सुरु गरेको छ।
कम्पनीले डोमिनारका धनीहरलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरु मध्ये अडिसनबाट ११ जना छनोट गरेर उनिहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ ।
एचएच बजाजले डोमिनार ४००का ११ जनालाई शाहसी चालकहरु छनोट गरेर डोमिनार ४०० संग यात्राको अनुभब हाँसिल गर्ने अवसर प्रदान गरेको जनाएको छ।
आइतबारबाट सुरु भएर ३० मे २०१८ सम्म चल्नेछ । चालकहरुकोलागि राइड रुट काठमाडौंबाट सुरु भएर केरुङ, डिन्ग्री ,साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।