हुन्डाइ गाडीको आधिकारीक डिलर लक्ष्मी इन्टरनेशनल प्रा.लिले “रोड टु रसिया” नयाँ योजना घोषणा गरेको छ । लोकप्रिय फुटबल प्रतियोगिता फिफा वल्र्ड कपलाई लक्षित गरेर नयाँ हुन्डाइ ग्राहकका लागि यो योजना सुरु गरकोे हो । योजना अवधिभर ग्राहकले कार खरिद गर्ने बित्तिकै उनीहरु स्वतः यस योजनाका लागि योग्य हुनेछन् ।
दुई जना ग्राहकले फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट जित्ने मौकाका साथै नगद छुट पनि पाउनेछन्।
यो योजना वैशाख ३० गतेदेखि सुरु भएर असार १ गते समाप्त हुनेछ ।