मारुती सुजुकीले भारतीय बजारमा छिटै नयाँ स्वरुपको अल्टो भित्र्याउन लागेको छ। नयाँ अल्टोको टेस्टिङ समेत सुरु भइसकेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
पुरानो अल्टोको तुलनामा नयाँ अल्टो ठुलो, स्पेसियस र शक्तिशाली हुनेछ। यसले तुलनात्मक रुपमा पुरानो अल्टोले भन्दा धेरै अर्थात ३२ किलोमिटरको माइलेज दिने बताइएको छ।
न्यू जनरेशन अल्टोमा ६५८ सिसिको इन्जिन छ, जसले ५३ बिएचपी पावर जेनेरेट गर्छ त्यस्तै यसको टर्वो इन्जिनले ६२ बिएचपी पावर जेनेरेट गर्छ। नयाँ अल्टोमा ५ स्पिड म्यानुअल र अप्सनलमा अटोमेटिक रहेको छ।
सुरक्षाको लागि यसमा यसमा एबिएस, ड्युअल एयरब्याग लगायतका फिचर्सहरु समावेस छन्। यसमा एसी, पावर विण्डो, पावर स्टेरिङ, फेब्रिक सिटलगायतका फिचर्सहरु समावेस छन्।