भारतमा ‘२०१८ होन्डा डियो’ लन्च भएको छ। होन्डाले २०१८ डियोमा नयाँ रङ्ग र फिचर्स दिएको छ।
यसको बेस भेरियन्टको मूल्य भारतमा ५० हजार २ सय ९६, डियो एसटिडी मोडलको ५१ हजार २ सय ९२ र डियो डिएल एक्सको ५३ हजार २ सय ९२ निर्धारण गरिएको छ।
स्कुटरमा १०९.१९ सिसी सिङ्गल सिलिन्डर, एयर कुल्ड बिएस–आइभि इन्जिन समावेस छ। जसले ८ बिएचपी पावर र ८.९१ टर्क उत्सर्जन गर्छ। यसको टप स्पिड ८३ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दावी छ।
‘२०१८ होण्डा डियो’मा पोजिसन ल्याम्पको साथमा एलइडी हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, इको स्पिड इन्डिकेटरको साथमा डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टर, सिट ओपनिङ स्विच, मोवाइल चार्जिङ पोर्ट लगायतका फिचर्सहरु समावेस छन्।