भारतमा मारुती सुजुकीको स्विफ्ट, बलेनो, डिजायर र विटारा ब्रेजाको माग अत्याधिक छ। यी ४ वटै कारको ‘पेन्डिङ अर्डर’ १ लाख १० हजार संख्यामा पुगेको छ।
ग्राहकलाई पर्खिनुपर्ने समय घटाउन कम्पनीले अफ्नो गुज्रातको प्लान्टमा उत्पादन बढाउने तयारी गरिरहेको मनि कन्ट्रोलले जनाएको छ।
भारतमा मारुती स्विफ्ट गत फेब्रुअरीमा लन्च भएको हो र लन्च भएलगत्तै ‘टप सेलिङ’ कारको लिस्टमा सामेल भएको थियो। लन्च भएको २ महिनामा यसको बुकिङ १ लाख पुगेको थियो।
त्यस्तै मारुति डिजायर १ वर्ष अगाडि बजारमा आएको हो। अहिले यो आफ्नो सेग्मेन्टमा बेस्ट सेलिङ कार हो। यो लन्च भएको ५ महिनामा १ लाख युनिट विक्रि भएको थियो।
त्यसैगरी विटारा ब्रेजा भारतमा अघिल्लो आर्थिक वर्षमा १ लाख ५० हजार युनिट विक्रि भएको थियो।