नेपालको लागि सुजुकीको आधिकारिक वितरक सिजि मोटोकर्पले सेलिरियो सर्वप्रथम सन् २०१४ मा भित्र्याएको थियो।
कम्पनीले सुरुमा सानो परिवारको लागि लक्षित करिब ३ महिना अगाडी सेलिरियोको फेसलिफ्ट भर्जन ल्याएको थियो।
त्यस्तै, गत फागुनमा ग्राहकको मागलाई मध्यनजर गर्दै स्टाइलिस र प्रिमियम ‘सेलेरियो एक्स’ नेपाल भित्र्याएको सिजी मोटोकर्पका सिनियर मार्केटिङ म्यानेजर करुन शाक्य बताउँछन्।
‘यो कार हेर्दा स्टाइलिस, प्रिमिएम र स्पोर्टी लुक्सको छ, स्पोर्टी गाडी खोज्नेहरुले यो मनपराउँछन्’, उनले भने । यो कार छोटो समयमै लोकप्रिय बनेको शाक्यले दाबी गरे।
‘देशभरको ३४ वटा शोरुमबाट दिनको एक सय ५० भन्दा धेरै सोधपुछ आईरहेको छ’ उनले भने, ‘पुराना सेलिरियोको राम्रो नतिजाको कारणले सेलेरियो एक्सले छिटै लोकप्रियता पाएको हो।’
सेलेरियो बलियो, धेरै माइलेज दिने र बिक्रि पछिको सेवाको कारण नेपालमा राम्रो सेल्स हुने कम्पनीको दाबी छ।
सेलेरियो एक्स मार्केटमा यही सेग्मेन्टको अरु गाडीसँग तुलना गर्दा यो कार धेरै स्टिाइलिस, फिचर्स लोडेड रहेको शाक्यले बताए। यसको टप भेरियन्ट ‘जेडएक्सआई(ओ)’ मात्र नेपालमा ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीले यसको निर्माण गर्दा सेफ्टीमा निकै ध्यान दिएको करुनको दावी छ। ड्युल एयर ब्याग, एबिएस, सिट बेल्टमा फोर्स लिमिटर र प्रिटेन्सनर छ जसले दुर्घटना हूँदा पनि शरिरको चाललाई सन्तुलन गर्छ र यसले अरु सामान्य सिटबेल्टको तुलनामा टाउको र छातीलाई धेरै हदसम्म जोगाउन मद्दत गर्छ।
यसमा समावेस ‘ब्ल्याक अलोए ह्विल’ले स्पोर्टी लुक्स दिएको छ। त्यस्तै, यसमा उच्चस्तरिय म्युजिक सिस्टम, कि लेस इन्ट्रि, पावर विण्डो, पावर स्ट्रेरिङ, ब्लु टुथ, लगायतका फिचर्सले ग्राहकको मन लोभ्याउने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार ९ सय ९९ सिसि क्षमताको इन्जिन रहेको सेलेरियो एक्सले ६००० आरपिएममा ६७ बिपिएच उच्च शक्ति र ३५०० आरपिएममा ९० एनएम टर्क उत्सर्जन गर्छ।
यसले प्रतिलिटर हाइवेमा २३.१ किलोमिटर र काठमाडौंको सडकमा पनि १६/१७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। कम्पनीले यसको मूल्य २६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।
यसको खरिदमा ग्राहकले २ वर्ष फ्रि सर्भिसिङ र ४ वर्ष वारेन्टी पाउने शाक्यले जानकारी दिए। मेन्टिनेन्स कस्ट र स्पेयर पार्टस् सस्तो पर्ने र गाडी पनि बलियो भएको करुनले दावी गरे।
‘नेपाली परिवारले खोज्ने सुविधाका सबै चिजहरु समावेश छन्। सेलेरियो एक्समा लगानी गरे ग्राहक सन्तुष्ट हुनुहुन्छ’, उनले भने।